सशत्रका डिआइजी सुवेदीलाई आन्तरिक मन्त्रालयको विदाई
पाेखरा | चैत ५, २०७९
पोखरा: सशत्र प्रहरी बल गण्डकी प्रदेशका प्रमुख तथा गण्डकी प्रदेश सुरक्षा समितिका सदस्य डिआइजी शम्भु सुवेदीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले विदाई गरेको छ ।
काठमाडौं सरुवा हुनुभएका सुवेदीलाई प्रदेश सुरक्षा समितिको नियमित बैठकको अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले ढाकाको टोपी, खादा, माला तथा मायाको चिनोमार्फत विदाई गर्नुभयो ।
सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले उत्तरोत्तर प्रगतीको कामनासहित थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । गण्डकी प्रदेशबाट सरुवा भएपनि आवश्यक परेको खण्डमा आगामी दिनमा डिआइजी सुवेदीसँग समन्वय गर्ने धारणा राख्नुभयो ।

सो विदाई कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल आर्मी विजयपुरका पृतनापति दिपक कुमार बाँनिया, राष्ट्रिय अनुसन्धान विभागका गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक मधु कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खड्का, मन्त्रलायका उपसचिव चण्डिका पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुले खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो ।
प्रदेश सुरक्षा समितिको नियमित बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, स्ववियु निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

